अर्थ संसार,
काठमाडौँ -व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन आजदेखि सुरु हुने भएको छ । संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार आजको बैठकमा बैठक आह्वानसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त भएको पत्र वाचन गरेर सुनाउने कार्यक्रम रहेको छ । बैठक सोमबार १३.०० बजेका लागि बोलाइएको छ ।
बजेट अधिवेशनका रुपमा लिइने बैठकमा सरकारको नीति तथा कार्यक्रम एवम् आर्थिक वर्ष २०७४/७५ को बजेट समेत पेस गरिनेछ । प्रवक्ता गौतमका अनुसार यही जेठ ९ गते आगामी आवको बजेटको प्राथमिकता र सिद्धान्तका बारेमा छलफल हुनेछ ।
यस्तै जेठ ११ गते राष्ट्रपति भण्डारीले आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम रहेको छ । जेठ १२ र १३ गते नीति तथा कार्यक्रम माथि छलफल हुनेछ ।
कार्यक्रमअनुसार यही जेठ १५ गते संवैधानिक व्यवस्थाअनुसार आगामी आवको बजेट पेस गरिनेछ । मन्त्रिपरिषद्को आइतबारको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस