Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावरमा ओइरिए लगानीकर्ता, यी हुन् रोजाइका कम्पनीहरु

नेप्से

मंगलबार, ०४ जेठ २०७८, १५ : ३७ मा प्रकाशित

हाइड्रोपावरमा ओइरिए लगानीकर्ता, यी हुन् रोजाइका कम्पनीहरु

 हाइड्रोपावरमा लगानीकर्ताहरूकाे आकर्षण बढेकाे छ । मंगलबार बढ्ने कम्पनीहरूमा अधिकांश हाइड्रोपावरहरू रहेका छन् । 

आज मंगलबार पनि सेयर बजारमा उत्साह कायम नै रहेकाे छ । सेयर बजारले मंगलबार फेरि अर्काे ऐतिहासिक उचाई कायम गरेकाे छ । काराेबार रकमले पनि नयाँ रेकर्ड बनाएकाे छ । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ मा पुगेकाे छ । याे हालसम्म कै उच्च विन्दु हाे । कूल २१५ वटा कम्पनीकाे २ कराेड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँको कारोबार भएकाे छ ।

मंगलबार ११ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अन्य २३ वटा कम्पनीकाे सेयर पनि सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ ।

घलेम्दी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ३१ रूपैयाँमा पुगेकाे छ । हिमाल दाेलखा हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि १० प्रतिशतले बढेर २ सय ३१ रूपैयाँमा पुगेकाे छ ।

नेप्से परिसूचक र कारोबार रकम दुवैले रच्यो नयाँ इतिहास

समता घरेलु लघुवित्त वित्तीय संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ५ सय ५१ रूपैयाँमा पुगेकाे छ । समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएपछि गत असार १ गते, साेमबारबाट दाेश्राे बजारमा राेक्का राखिएकाे समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार वैशाख २१ गते, मंगलबारबाट खुलेकाे थियाे । कारोबार खुलेसँगै संस्थाकाे सेयरमूल्य लगातार बढिरहेको छ । 

यसैगरी, नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक सय ९८ रूपैयाँमा पुगेकाे छ । शिव श्री हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले २ सय ८६ रूपैयाँमा पुगेकाे छ । 

ओरियन्टल हाेटलकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ६२ रूपैयाँमा पुगेकाे छ । साेल्टी हाेटलकाे सेयरमूल्य पनि १० प्रतिशतले बढेर २ सय ९ रूपैयाँमा पुगेकाे छ ।

कालिका पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ९६ रूपैयाँमा पुगेकाे छ । मिथीला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य २ हजार २ सय ४४ रूपैयाँ पुगेकाे छ । विशाल बजार कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ हजार ९ सय ९६ रूपैयाँ पुगेकाे छ । 

त्यस्तै, बेष्ट फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ४२ रूपैयाँ पुगेकाे छ ।

त्यसपश्चात् क्रमश :नेपाल फाइनान्स कम्पनी लिमिटेड, तारागाउँ रिजेन्सी, राधी विद्युत, युनाइटेड इदी मर्दी, युनिभर्सल पावर, प्राेग्रेशिभ फाइनान्स, बुटवल पावर कम्पनी, सप्तकाेशी डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, रिडी हाइड्राेपावर, मल्टीपर्पस फाइनान्स,दिव्यश्वरी हाइड्राेपावर, युनियन हाइड्राेपावर, खानीखाेला हाइड्राेपावर लगायतकाे सेयर पनि सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ ।

यी सबै तथ्यांकलाई हेर्दा हाइड्राेपावरमा लगानीकर्ताहरूकाे आकर्षण बढेकाे देखिन्छ ।

60a38ad75721a.jpg

याे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको