एनएमबि बैंक लिमिटेडले जेठ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।
बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र जेठ २ गतेदेखि बिक्री खुल्ला गरेको हो । २० लाख कित्तामध्ये १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने तथा ८ लाख कित्ता(सो मध्ये ५% सामुहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारणका निष्काशन गरिनेछ ।
बैंकले १० वर्ष अवधिको वार्षिक ८.५० प्रतिशत व्याजदर भएको "एनएमबि ऋणपत्र ८.५०%- २०८७/८८" जारी गरेको हो ।
लगानीकर्ता उक्त ऋणपत्रमा जेठ २ गतेदेखि छिटोमा आज बैकिङसमयसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखी अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रको बिक्री प्रवन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
लगानीकर्ताहरुले सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौं, एनएमबि बैंकका सम्पूर्ण शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबबाट मान्यता प्राप्त सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस