Like us!
Follow us!
Connect us!
Watch us!

आज मंसिर २५ देखि नै ब्याजदर घटाएर एनएमबि बैंकले दिएको सन्देश

अर्थ संसार

सोमबार, २५ मंसिर २०८०, ०८ : ४७ मा प्रकाशित

आज मंसिर २५ देखि नै ब्याजदर घटाएर एनएमबि बैंकले दिएको सन्देश

एनएमबि बैंकले ब्याजदर घटाएको छ । बैंकले मंसिर २५ गतेदेखि लागू हुने गरी निक्षेपतर्फको ब्याजदर घटाएको छ। 

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ६.६० प्रतिशतसम्म प्रदान गर्ने बैंकले जनाएको छ । यसअघि न्यूनतम ५.६०३ प्रतिशतदेखि अधिकतम ६.६०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशतसम्म र व्यक्तिगततर्फ ९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । यसअघि मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.७६ प्रतिशत र ब्यक्तिगततर्फ ९.७६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

एनएमबि बैंकका सिईओ सुनिल केसीले नेपाल बैंकर्स एसोसिएसनको हालको नेतृत्त्व पनि गरेका छन्। उनको बैंकले आज मंसिर २५ गते देखि नै ब्याजदर घटाएर अरु बैंकहरुलाई पनि ब्याज घटाउन थप चुनौती र ब्याजदर घटाउन सन्देश दिएको छ। 

 

65767c54b7dae.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको