एनएमबी बैंकले कर्पोरेट कार्यालय बनाउने उद्देश्यका साथ १.२१ अर्ब रुपैयाँ भन्दा बढी मूल्यको जग्गा खरिद गरेको छ ।
बैंकले काठमाडौँ महानगरको एक नम्बर वडामा १०५.५६२५ आना जग्गा एक अर्ब २१ करोड ३९ लाख ६८ हजार सात सय ५० रुपैयाँमा खरिद गरेको हो । बैंकले उक्त मूल्य जग्गामा रहेको भौतिक संरचनासहितको भएको उल्लेख गरेको छ ।
उक्त जग्गा बैंकका नाममा नामसारी/ दाखित खारेज भएपश्चात रकम भुक्तानी गरिने पनि बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस