Like us!
Follow us!
Connect us!
Watch us!

महामारीमा सहयोगको श्रृखंला चलाउदैं शंकर ग्रुप र इन्फिनिटी होल्डिङ

अर्थ संसार

शुक्रबार, ०७ जेठ २०७८, १४ : ०९ मा प्रकाशित

महामारीमा सहयोगको श्रृखंला चलाउदैं शंकर ग्रुप र इन्फिनिटी होल्डिङ

कोभिड–१९ को संक्रमणर यसको प्रभाव बढेसँगै नेपालका सफल दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त प्रयासमा सहयोगको श्रृंखला सुरु गरेका छन् । दुबै समूहले संयुक्तरुपमा हालसम्म साढे तीन करोडरुपैयाँ भन्दाबढिको स्वास्थ्य सामाग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग्रपक्तिमा खटिएका ‘कोभिड वारियर’ हरुलाई हस्तानान्तरण गरिसकेका छन्। 

शंकर र इन्फिनिटीले काठमाडौंको वीर र सशस्त्र प्रहरी बल अस्पताल, रुपन्देही र सेती प्रादेशिक अस्पतालका लागि आवश्यक सहयोग अग्रंपक्तिमा खटिएका दुई समाजिक संस्थामार्फत केही सामाग्री हस्तानान्तरण गरिसकेका छ भने केही समाग्री एक दुईदिनमै हस्तानान्तण गर्दैछन्।  

शंकरसमूहकाअध्यक्षशंकरलालअग्रवालरइन्फिनिटीहोल्डिङकाअध्यक्षदीपकभट्टलेमहामारीमासहयोगकोयोश्रृंखलानिरन्तरसंचालनरहनेबताए।उनीहरुलेयसमानवियसंकटमाअधुरारउधारोबाचाभन्दाअहिलेकोतत्कालआवश्यकताकोपूर्तीकालागिआफुहरुसक्रियरहेकोबताए। 

यो समूहका अनुसार केही दिनमै धनगढी स्थित सेतीप्रादेशीक अस्पतालमा अत्याधुनिक तथा बहुउपयोगी अक्सिजन प्लान्ट जडानको तयारी भइरहेको छ। फ्रान्सबाट एयरलिफ्ट गर्न थालिएको नोभाएयर मेडिकल्स कम्पनीकोअक्सिजनप्लान्टले ४५शैंयाँमा ‘हाइफ्लो’ र दैनिक सात सय लिटर अक्सिजन उत्पादन हुनेछ। 

दुबै कम्पनीले पहिलो चरणमा वीर अस्पतालको नयाँ भवनमा ५० शैयाँका साथै त्यसका लागि आवश्य कम्याट्रेस, तन्ना, सिरानी र त्यसको खोल लगायतका सामाग्री हस्तानान्तरण गरेको छ। यस्तै सुदूरपश्चिम प्रदेशमा आवश्यक अस्पताल तथा स्वास्थ्य संस्थाका लागि १०० शैयाँका साथै त्यसका लागि आवश्यक सामाग्री हस्तानान्तरण गरिएको छ। 

कम्पनीले काठमाडौंमा सामाजिक संस्था हामी नेपाल रसुदूर पश्चिम प्रदेशमा ह्युम्यानिटी फाउण्डेशनमार्फत सहयोग हस्तानान्तरण गर्दै आएको छ। 

शंकर र इन्फिनिटीले चीनबाट मगाएका ५२० थान भल्भ्सर रेगुलेटरसहितका अक्सिजन सिलिण्डर सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र सशस्त्र प्रहरी अस्पताल बलम्बुलाई एक दुईदिनमै हस्तानान्तरण गर्दैछ। यस्तै रुपन्देहीमा अग्रपक्तिमा खटिएका ‘कोभिड वारियर’ का लागि ५० हजार मास्क उपलब्ध गराइएकोछ। 

यो समूहले सुदूर पश्चिमप्रदेशकालागि ३२० थान र एपीएफ अस्पताल तथा कर्णाली प्रदेशमा एक–एक सय थान सिलिण्डर हस्तानान्तरण गर्दैछ। 

यो समूहले सुदूरपश्चिम प्रदेशकालागि डेढ लाख थान मास्क, २०० थान पीपीईसेट प्रदान गरिसकेकोछ। यस अघि उक्तसमूहले वीर अस्पतालमा अंग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मी र जोखिममोलेर स्वयमसेवामा खटिएका हामी नेपालका स्वयमसेवकका लागि २५० वटापीपीइसेट, २०० फेससिल्डर पाँच हजार मास्कदिएकोछ।

‘अहिलेकोमहामारीमा सामाजिक उत्तरदायित्व वहन गर्दै संयुक्तरूपमा आवश्यक सामग्री दिएका हौं,’ यो समूहले भनेकोछ, ‘तत्काल आवश्यक पर्ने सहयोग गरेर केही व्यक्ति बचाउन सकियोस् भन्ने उद्देश्यलेयी सामग्री हस्तान्तरण गरेकाहौं।’ 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको