Like us!
Follow us!
Connect us!
Watch us!

थप सात अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिँदै

अर्थ संसार

बुधबार, १२ जेठ २०७८, १४ : १८ मा प्रकाशित

थप सात अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिँदै

वाग्मती प्रदेश सरकारले मातहतका विभिन्न जिल्लाका विभिन्न थप सात अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि काम अघि बढाएको छ । प्रदेशअन्तर्गतका रामेछाप जिल्ला अस्पताल, धादिङ जिल्ला अस्पताल, काठमाडौँको टोखा अस्पताल, ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि काम अघि बढाएको हो ।  

सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडाले बोलपत्र आह्वान गर्दै रु आठ करोड ५० लाख लागतमा सात अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गरेका छ । प्रत्येक अस्पतालमा एक दिनमा १५० सिलिण्डरका दरले अक्सिजन उत्पादन गर्ने गरी प्लान्ट जडान गर्न लागिएको हो । 

करीब डेढ महिनाको अवधिमा प्लान्ट जडान गर्ने लक्ष्य राखिएको छ ।  प्रदेश मातहतका विभिन्न जिल्लाका १३ मध्ये छ अस्पतालमा यसअघि नै  अक्सिजन प्लान्ट जडान भइसकेका छन् । मन्त्रालयले यसअघि १३ वटै जिल्लाका लागि ‘एक-एक जिल्ला एक पिसिआर मेशिन’को निर्णय गरेको थियो । 

निषेधाज्ञा थप
कोभिड–१९ सङ्क्रमण थप फैलिन नदिन मकवानपुरमा यही जेठ १३ गतेसम्म कायम रहेको निषेधाज्ञाको समय अवधिलाई एक साताका लागि थप गरिएको छ  । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना नियन्त्रणका लागि जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १९ गते रातिदेखि लागू भएको निषेधज्ञाको समय दोस्रोपटक थपिएको हो ।
यस अगावै जेठ १३ गतेसम्म कायम रहेको निषेधाज्ञाको अवधि थप गरी  जेठ २० गतेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको