Like us!
Follow us!
Connect us!
Watch us!

मिदासको ‘मेरो डाक्टर’अनलाइन भिडियो परामर्शशुरू, कोभिडसँग सम्बन्धित परामर्श निशूल्क

अर्थ संसार

विहीबार, १३ जेठ २०७८, १७ : १८ मा प्रकाशित

मिदासको ‘मेरो डाक्टर’अनलाइन भिडियो परामर्शशुरू, कोभिडसँग सम्बन्धित परामर्श निशूल्क

कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भइ धेरै बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै मिदासले ‘मेरो डाक्टर’ एपमार्फत अनलाइन भिडियो परामर्श विहीवारदेखि शुरू गरेको छ ।

समयमै उपचार वा परामर्शबाट बन्चित हुनु पर्दा बिरामीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न र बिरामीहरूको चिकित्सक वा अस्पतालसँगको सम्पर्क स्थापित गर्न यो अनलाइन भिडियो परामर्श सेवा प्रभावकारी हुने कम्पनीले विश्वास लिएको छ ।

नेपालका सयौँ कन्सल्टेन्ट डाक्टर र कैयन अस्पताल यसएपमा उपलब्ध हुने हुँदा जुनसुकै रोगका बिरामीहरूले जुनसुकै स्थानबाट अनलाइन भिडियो परामर्श पाउन सक्ने गरी व्यवस्था मिलाइएको मिदास टेक्नोलोजिज्स् प्रा.लिका प्रबन्ध निर्देशक छत्रहरी कार्कीले बताउनुभयो । 

जारी कोभिड–१९,को बन्दाबन्दीको अवस्थाका अतिरिक्त सामान्य समयमा समेत विशेषज्ञ चिकित्सकहरुले यस एपमार्फत स्वास्थ्य सेवा परामर्श दिन सकिने गरी व्यवस्था मिलाईएको छ । यसबाट स्वयम् विरामीहरुको समय र पैसा दुवैको बचत भइ अस्पतालहरुमा हुने अनावश्यक भीड कमगर्न मुख्य सहयोगी हुने विश्वास कम्पनीले लिएको छ ।

कोभिड महामारीको समयमा मात्र होइन,विशेषज्ञ चिकित्सक सँग एवम् अस्पतालसम्म आइ परामर्श लिनहामीलाई सामान्य समयमा समेत विविध खालका कठिनाई छन् । भौगोलिक विकटता एवम् विरामी अस्पतालसम्म जाने अनुकूलअवस्था कुरेरै बस्ने हाम्रो सामान्य प्रचलन छ ।

यस्तो अवस्थाबाट मुक्तिका लागि र आफ्नो रोगलाई थपबल्झिननदिन यस्तो अनलाइन भिडियो सेवा उपयोगी हुनेछ । सामान्यत या रोगले च्यापेर थलानपरीकन अस्पताल वा डाक्टरको सम्पर्कमा जान नचाहाने हामीमध्ये अधिकांशलाई यो अनलाइन भिडियो परामर्श अत्यन्तै उपयोगी सिद्व हुनेछ । सामान्य रोगलाई अनलाइन परामर्शबाट नै उपचार गर्न र जटिल बन्ननदिन र उपचार सम्भव हुँदै अस्पताल वा विशेषज्ञ चिकित्सकहरूको सम्पर्कमा जान प्रेरणा प्रदानगर्ने उद्देश्यका साथ यो अनलाइन भिडियो परामर्श सेवाको परिकल्पना गरिएको हो ।

जारी कोभिड–१९ सँग सम्बन्धित सम्पूर्ण स्वास्थ्य परामर्श सवै यस अनलाइन भिडियो परामर्शमा निशूल्क हुनेगरी व्यवस्थामि लाइएको छ ।
यो सेवा कसरी लिने ?

विरामीहरुले आफुसँग रहेका मोबाइल अथवा ल्याप–टप मार्फत आफुले अनलाइन भिडियो परामर्श लिन चाहेको डाक्टरको समय कुनै पनि समय र स्थानबाट लिन सक्नु हुनेछ ।
यदि तपाइँ एन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने गुगलप्ले स्टोरमागएर सजिलै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्नुहुन्छ । यदि तपाई ios फोन प्रयोगकर्ता हुनुहुन्छ भने एप्पल स्टोरमागएर तुरुन्तै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्नुहुनेछ ।

यदि तपाई ल्याप–टप वा डेस्क–टपबाट यो सेवा लिन चाहानुहुन्छ भने सिधै www.merodoctor.com टाइप गरेर यो सेवालिन सक्नुहुनेछ । यदिमाथि उल्लेखित कुनै पनिग्याजेट तथा इन्टरनेट सुविधातपाईंसँग उपलब्धभएनन् भने आफुलाई पायक पर्ने नजिकैको फार्मेसी, क्लिनिकतथा स्वास्थ्यचौकीमापुगेर यो सेवालिन सक्नुहुनेछ ।मेरो डाक्टर एप कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा योलिंक www.merodoctor.com/help ले तपाइँलाई थप मद्दत गर्नेछ । तपाइँहरूको सजिलाका लागि यो लिंकमा भिडियो म्यानु अल राखिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको