Like us!
Follow us!
Connect us!
Watch us!

बिरामी पठाउने जुम्लाले अब देशभर डाक्टर पठाउँछ

अर्थ संसार

आइतबार, २६ मंसिर २०७८, १६ : ०६ मा प्रकाशित

बिरामी पठाउने जुम्लाले अब देशभर डाक्टर पठाउँछ

कर्णालीलाई गरिबी, अशिक्षा, रोग र भोगको पर्यायका रुपमा लिने  गरेको पाइन्छ  । कर्णालीको  जुम्ला भन्नासाथ पिछडिएको ठाउँ,  अशिक्षा  गरिबी   नपढेका मान्छे  बस्ने ठाउँ हो  भन्ने बुझिन्छ । सधैँभरी  खान नपुग्ने र गरिबहरूको ठाउँ भनेर चिनिन्छ । तर, पछिल्लो समय  जुम्लाले  आफ्नो  परिचय  बदल्दै गएको छ ।

जसको  उदाहरण हो, जुम्ला खलंगामा अवस्थित  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,  जहाँ सेतोकोट लगाएका मानिस हिँड्ने  गर्दछन् । जुम्लाले अब सेतो हिउँमा सेतै एप्रोनधारी डाक्टर उत्पादन  गर्ने  सपना पूरा गरेको छ । 

चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि २० कोटा छुट्याइएकोमा १९ जना भर्ना भएको छन् भने बी फर्ममा २० कोटा निर्धारण भएको ११ जना, बीएनएसतर्फ १६ जना, बीएमएस तर्फ आठ र बीपीएच तर्फ ६ जना विद्यार्थी भर्ना भएका छन् । 

हेलिकोप्टरबाट आइतबार  बिहान ११ः२० बजे जुम्ला आइपुगेकी राष्ट्रपति भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गरेकी छन् । 

योसँगै अब विगतमा डाक्टर खोजीखोजी उपचार गर्ने कर्णालीका नागरिकले सेता एप्रोनधारी डाक्टर रोजी रोजी उपचार गर्ने अवसर पाउने भएका छन् । यसअघि रोगी बिरामी पठाउने जुम्लाले अब देशभर उपचारका लागि डाक्टर पठाउने हैसियदमा आफूलाई उभ्याउने बाटोमा हिँडेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको