Like us!
Follow us!
Connect us!
Watch us!

सुर्योदयको साधारण सेयर बिहीबार बाँडफाँट हुँदै

विहीबार, ०४ कार्तिक २०७३, १३ : ५३ मा प्रकाशित

सुर्योदयको साधारण सेयर बिहीबार बाँडफाँट हुँदै


अर्थ संसार
काठमाडौं–सुर्योदय लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशित साधारण शेयर बिहीबार बाँडफाँड गर्ने भएको छ । सूर्योदयले १ लाख २० हजार कित्ता सेयर निस्कासन गरेको थियो । संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मध्यान्ह ३ बजे कान्तिपथस्थित होटल येल्लो प्यागोडामा लघुवित्तको शेयर बाँडफाँड गर्न लागिएको जानकारी दिएको छ।

 संस्थाको मुख्य कार्यालय स्याङ्जाको पुतली बजारमा छ । कम्पनीले ६ हजार कित्ता सामूहिक लगानी कोष र ४ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीहरुलाई छुट्याएको छ । संस्थाले लगानीकर्तालाई कम्तिमा ५० कित्ता र वढिमा १ हजार कित्तासम्मको आवेदन दिन सकिने ब्यवस्था गरेको थियो । सुर्योदयले नेपाल राष्ट्र बैङ्कबाट २०७० असार ६ मा ‘घ’ वर्गको वित्तीय संस्थाका रूपमा कारोवार गर्न स्वीकृति प्राप्त गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको