Like us!
Follow us!
Connect us!
Watch us!
निर्वाचन आयोगमा उजुरी परेपछि मगणना रोकियो

सकसपूर्ण बन्दै ललितपुर महानगरको मत गणना

मंगलबार, ०९ जेठ २०७४, १६ : ४८ मा प्रकाशित

सकसपूर्ण बन्दै ललितपुर महानगरको मत गणना

अर्थ संसार, 
काठमाडौं– मतगणनाको परिणाम जोड्ने क्रममा गणकले जालझेल गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेपछि ललितपुर महानगरपालिकाको मत गणना स्थगित भएको छ । 

एमालेका मेयर उम्मेदवार हरिकृष्ण ब्यन्जनकारले वडा नम्बर ४, ९ र २६ को मतगणनाको परिणाम जोड्ने क्रममा गणकले जालझेल गरेको उजुरी दिएका थिए ।

मतगणना अन्तिम चरणमा पुगेको बेला एमालेले १ देखी २६ वडाको मतगणनाको ‘रिटोटलिङ’, खसेको मतसमेतको रुजु र ‘कम्प्युटर टेबुलेसन’को पनि जाँच गर्न माग गर्दै निवेदन दर्ता गराएको छ ।

यस्तै एमालेले आफ्नो माग पुरा नभएसम्म २७ र २८ वडाको मतगणनाको नतिजा सार्वजनिक नगर्न र २९ वडा को मतगणना नगर्न माग गरेको छ ।

पछिल्लो मतगणनाको परिणाम अनुसार कांग्रेसका चिरीबाबु महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा केवल १७९ मतले अगाडि छन् । चिरीबाबुले २३,५३९ मत प्राप्त गरेका छन् भने हरिकृष्णले २३,३६० मत प्राप्त गरेका छन् ।
  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको