Like us!
Follow us!
Connect us!
Watch us!

साताको अन्तिम दिन बल्ल हरियो भयो बजार, कारोबार रकममा पनि बढोत्तरी

विहीबार, ०४ कार्तिक २०७३, १६ : ४६ मा प्रकाशित

साताको अन्तिम दिन बल्ल हरियो भयो बजार, कारोबार रकममा पनि बढोत्तरी

अर्थ संसार

काठमाडौं–दसैं सकिएपछि खुलेको बजारमा निरंंतर ओरालो लागेको नेप्से साताको अन्तिम दिन विहिबार बल्ल हरियो भएको छ । यस दिन नेप्से ६ अंकले बढेको छ भने कारोबार रकममा समेत केही सुधार देखिएको छ । 

विहिबार नेप्से ६.५८ अंकले उक्लिएर १७९४.४७ बिन्दुमा पुगेको छ । यस दिन १२६ कम्पनीको सेयर किनबेच भएको छ । बजारमा ७० करोेड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

बजारमा होटल, वित्त र उत्पादन बाहेक सबै समूह उकालो लागेका छन् । यसदिन विमा समूह सबैभन्दा बढी १२३ अंकले बढेको छ । यस्तै जलविद्युत २३ अंक, विकास बैंक ६.१३, वाणिज्य बैंक ३.५७ अंक र अन्य समूह १.४४ अंकले उकालो लागेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको