Like us!
Follow us!
Connect us!
Watch us!

जसपामा कारबाहीको होडबाजी, कसले कसलाई निकाल्ने ?

अर्थ संसार

मंगलबार, १८ जेठ २०७८, १८ : ०८ मा प्रकाशित

जसपामा कारबाहीको होडबाजी, कसले कसलाई निकाल्ने ?

केहि समय अघि नेपाल कम्युनिष्ट पार्टि(नेकपा) मा देखिए जस्तो कारबाहिको होडबाजी अहिले जनता समाजबादी पार्टी(जसपा) पनि देखिएको छ । 
आज मंगलबार जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर सहित ४ जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाहि गरेको छ । 

५२ सदस्यीय कार्यकारिणी सदस्यमा ३१ जनाको उपस्थितिमा बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्धय लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको पत्र निर्वाचन आयोगमा बुझाएको छ ।

यता अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । 

त्यस्तै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सहमतिमै पार्टी विभाजनको प्रस्ताव गरेका छन् ।

समयले नयाँ ध्रुवीकरण खोजेको भन्दै भट्टराईले मान्छे तानातान र किनबेचको तानातान नगरी आ–आफ्नो बाटो लाग्न जसपा नेताहरुलाई प्रस्ताव गरेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको