Like us!
Follow us!
Connect us!
Watch us!

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, १४ : २० मा प्रकाशित

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।

महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेको र औपचारिक घोषणा हुन बाँकी रहेको छ ।

यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो । त्यति बेलादेखि नै उनी निरन्तर अध्यक्ष रहेका छन् ।

अध्यक्षबाहेकका पदमा भने निर्वाचन हुने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको