Like us!
Follow us!
Connect us!
Watch us!

कमोडिटी एक्सचेञ्ज सञ्चाल गर्ने धितोपत्र बोर्डको तयारी

पत्रपत्रिका

शुक्रबार, २१ जेठ २०७८, ०७ : २३ मा प्रकाशित

कमोडिटी एक्सचेञ्ज सञ्चाल गर्ने धितोपत्र बोर्डको तयारी

वस्तुविनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालनका लागि लामो समयदेखि विभिन्न प्रक्रिया थालिए पनि अब भने चाँडै नै यसले पूर्णता पाउने भएको छ । सरकारले बजेट वक्तव्यमा नै पारेकाले आगामी आवको शुरूमै यसलाई सञ्चालन गर्नेगरी नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयारी तीव्र पारेको छ ।

बजेट भाषण हुनुअगावै बोर्डले सरोकारवालाहरूबाट सुझाव संकलन गर्न ‘वस्तुविनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका, २०७७’ को मस्यौदा सार्वजनिक गरेको थियो । बोर्डले एक दर्जनभन्दा बढी सुझाव संकलन गरिसकेको बताएको छ ।

प्राप्त सुझावलाई सञ्चालक समितिमा राखेर निर्देशिकालाई अन्तिम रूप दिएपछि आवेदनका लागि सूचना निकाल्ने बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए । ‘दर्जनभन्दा बढी सुझाव संकलन भइसकेको छ । अधिकांशले चुक्ता पूँजीबारे फेरि विचार गर्न भनेका छन् । सञ्चालक समितिको वैठकले निष्कर्ष निकाल्छ । समितिका केही सदस्य कोरोना संक्रमित भएकाले बैठक बस्न ढिला भएको हो । उहाँहरू स्वस्थ भएपछि बैठक बस्नेछ,’ उनले अभियानसँग भने ।

सेवोनका डेपुटी कार्यकारी निर्देशक डा. नवराज अधिकारी चुक्ता पूँजीबाहेक अन्य सुझाव खासै परिवर्तन गर्नुपर्ने खालका छैनन् । संशोधित निर्देशिकाले कम्पनीको प्रकृतिअनुसार न्यूनतम चुक्ता पूँजीको सीमा बढाएर रू। १ अर्बदेखि २ अर्बसम्म तोकेको छ । यसअघि रू। ५० करोडदेखि १ अर्ब हुनुपर्ने व्यवस्था गरेको थियो । अहिलेको निर्देशिकाले ३ थरीको चुक्ता पूँजी तोकेको छ । वस्तुको विनिमयका तीन वस्तुका आधारमा चुक्ता पूँजी तोकिएको हो ।

मस्यौदाअनुसार कृषिसँग सम्बद्ध वस्तुको कारोबार गर्ने कम्पनीको चुक्ता पूँजी रू। १ अर्ब हुनुपर्नेछ । कृषि र धातुसम्बन्धी कारोबार गर्ने कम्पनीको डेढ अर्ब रुपैयाँको चुक्ता पूँजी तोकिएको छ ।
आर्थिक अभियान दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको