Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा राष्ट्र बैंकको कैंची !

अर्थ संसार

शुक्रबार, २१ जेठ २०७८, १३ : ०८ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा राष्ट्र बैंकको कैंची !

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे हकप्रद नेपाल राष्ट्र बैंक लिमिटेडले परिमार्जन गरेर स्वीकृत गरेकाे छ । 

बैंककाे माघ १६ गते, शुक्रबार सम्पन्न भएकाे १९औं वार्षिक साधारण सभाले धितोपत्र बोर्डले अनुमति दिएको १००% हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजीमा १ः२ अनुपातमा (२००%) १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरकाे हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

नेपाल राष्ट्र बैंकले भने हिजाे जेठ २० गते, बिहीबार १:१ काे अनुपातमा मात्र हकप्रद सेयर निष्कासन गर्न स्वीकृती दिएकाे हाे ।

बैंकले यसअघि आफ्ना लगानीकर्तालाई माघ १३ गते, मंगलबारदेखि फागुन ३ गतेसम्म १:१ अर्थात एक कित्ता सेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60b9d7e79b52a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको