Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार

मंगलबार, ०८ असार २०७८, १२ : ३९ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ ।

कम्पनीकाे जेठ २८ गते, सम्पन्न भएकाे साेह्राैँ वार्षिक साधारण सभाले पारित गरेकाे ५ प्रतिशत नगद लाभांश बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिन अर्थात् जेठ १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ । 

त्यसैगरी, कम्पनीले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । 

कम्पनीकाे सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल रहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

60d18b30ae705.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको