Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्युरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा,

अर्थ संसार

शुक्रबार, २४ भदौ २०७९, ११ : ०४ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्युरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा,

लुम्बिनी जनरल इन्स्युरेन्सले ९.५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । 

कम्पनीले गत १३ असारसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउन पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । त्यसपछि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । 

लुम्बिनी जनरलको २९ असारमा बसेको साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ९.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको