Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, के-के छन् एजेन्डा ?

अर्थ संसार

विहीबार, १० असार २०७८, १० : १४ मा प्रकाशित

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, के-के छन् एजेन्डा ?

सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले विशेष साधारण सभा आज बिहिबार हुदैँछ छ । सभा काठमाण्डौको तीनकुनेस्थित न्यौपाने टावरमा बिहान ११ बजेबाट सुरु हुँदैछ ।

सभाले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट हालको चुक्ता पूँजीको १९.११८ प्रतिशत बराबरको बोनस सेयर र कर प्रयोजनका लागि १.००६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी,सभामा हालको जारी तथा चुक्ता पूँजी वृद्धि गरी संस्थापक र सर्वसाधारण सेयरधनीहरु बीचको पूँजीको अनुपात मिलान गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

गत वर्ष माघ ५ गते भएको कम्पनीको दोस्रो वार्षिक साधारणसभाले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। जसअनुसार कम्पनीले चुक्तापुँजीको १५ प्रतिशतले हुने कुल ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ। 

कम्पनीले बुक विल्डिङ विधिबाट ६० लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको छ । जसमध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानियका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारीसहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता छुट्याइएको छ । 
आईपीओको अंकित मूल्य रू। १०० भएपनि बुक विल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरुको मूल्याङ्कनका आधारमा सेयरमूल्य तय हुने कम्पनीले जनाएको छ । कम्पनीले आन्तरिक मूल्याङ्कन गर्दा प्रतिकित्ता रू. ७५० भन्दा बढी मूल्य कायम हुने जनाएको छ । हाल रू। ३ अर्ब ४० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ निष्कासन पश्चात रू। ४ अर्ब पुग्नेछ । 

कम्पनीले बुक विल्डिङ विधिबाट सर्वसाधारणमा आईपीओ निष्कासन तथा बिक्री गर्नका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको थियो भने सहायक विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

इक्रा नेपाल लिमिटेडले सर्वोत्तम सिमेन्ट लिमिटेडको साधारण सेयर (आईपीओ) लाई रेटिङ प्रदान गरेको छ।  इक्राले कम्पनी आईपीओलाई इक्रा एनपी–आईआर बीबीबी प्लस  रेटिङ प्रदान गरेको थियो ।

यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ । यसले कम्पनीको मध्यम क्रेडिट जोखिम रहेको बुझिन्छ ।कम्पनीले  बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गर्दैछ  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको