Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाेत्तमकाे सेयर खरिद प्रकरण: ओटिसी कारोबार विवरण बुझाउन अर्थ मन्त्रालयकाे निर्देशन

अर्थ संसार

शुक्रबार, २२ साउन २०७८, १५ : २३ मा प्रकाशित

सर्वाेत्तमकाे सेयर खरिद प्रकरण: ओटिसी कारोबार विवरण बुझाउन अर्थ मन्त्रालयकाे निर्देशन

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई एक पत्र लेख्दै तीन दिनभित्र सर्वोत्तम सिमेन्टले गरेको ओटिसीको कारोबारकाे विवरण पठाउन निर्देशन दिएकाे छ । मन्त्रालयले सर्वोत्तम सिमेन्टले सेयर कारोबारको लागि कहिले निवेदन दिएको र कहिले कारोबार सम्पन्न भएको सबै विवरण पठाउन निर्देशन दिएकाे हाे ।

नेप्सेले अब सर्वाेत्तम सिमेन्टले ओटिसी कारोबारका लागि कहिले निवेदन पेश गरेको, त्यस सम्बन्धमा नेप्सेबाट कहिले ओटिसी कारोबारका लागि स्वीकृति दिएको हो ? तीन दिन भित्र अर्थ मन्त्रालयलाई जानकारी दिनुपर्नेछ । 

नियामक निकाय नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष भिष्मराज  ढुङ्गाना, सञ्चालक चन्द्र ढकाल र चन्द्र साउदले कानून विपरित सर्वाेत्तम सिमेन्टकाे सेयर खरिदमा संलग्न भएकाे विषयमा अहिले छानबिन भइरहेकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सर्वाेत्तमकाे सेयर खरिद प्रकरणकाे विषयमा अनुसन्धान गर्न थालेकाे छ । 

याे पनि :

सर्वाेत्तमकाे सेयर खरिद प्रकरण : अख्तियारले सुरू गर्याे छानबिन

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाद्वारा कानून विपरीत शेयरको भित्री कारोबार

सर्वोत्तम प्रकरणः धितोपत्र बोर्डपछि नेप्सेसंग पनि सोध्यो अर्थमन्त्रालयले स्पष्टीकरण

धिताेपत्र बाेर्डका कर्मचारी युनियनकाे माग, "अध्यक्ष ढुङ्गानालाई निलम्बन गरियाेस्"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको