Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाेत्तमकाे सेयर खरिद प्रकरण : भाईले किनेको हो, दाईले होइन-महासंघ

अर्थ संसार

सोमबार, १८ साउन २०७८, १६ : २४ मा प्रकाशित

सर्वाेत्तमकाे सेयर खरिद प्रकरण : भाईले किनेको हो, दाईले होइन-महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले सर्वाेत्तमकाे सेयर खरिद प्रकरणमा चन्द्र ढकालकाे नाम जाेडिनु भ्रामक भएकाे भन्दै ध्यानाकर्षण जनाएकाे छ ।

सर्वाेत्तम सिमेन्ट लिमिटेडकाे संस्थापक सेयर खरिद सम्बन्धी विषयसँग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालकाे नाम जाेडेर केही सञ्चार माध्यमहरूमा आएका समाचारप्रति महासंघले गम्भिर ध्यानाकर्षण जनाएकाे हाे ।

नेपाल धितोपत्र बोर्डमा महासंघको तर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने  व्यवस्था अनुसार महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई मिति २०७७ साल मंसिर ३० गते  नेपाल धितोपत्र बोर्डको प्रतिनिधि तोकेको र उनको बोर्ड बैठकमा मिति  २०७७ साल माघ ११ गतेदेखि मात्र उपस्थिति रहेको महासंघले जानकारी दिएकाे छ ।

उनीसँग उनका भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै (ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र  बोर्डमा सञ्चालकको रूपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि मिति  २०७७ साल मंसिर १४ गते) गरिएको सेयर कारोबारको विषयलाई जोडेर आएका भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भिर आँच पुर्याउने बताउँदै सत्यतथ्य  बुझेरमात्र समाचार सम्प्रेषण गर्न महासंघले आग्रह गरेकाे छ ।

याे पनि :

सर्वाेत्तमकाे सेयर खरिद प्रकरण : अख्तियारले सुरू गर्याे छानबिन

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाद्वारा कानून विपरीत शेयरको भित्री कारोबार

सर्वोत्तम प्रकरणः धितोपत्र बोर्डपछि नेप्सेसंग पनि सोध्यो अर्थमन्त्रालयले स्पष्टीकरण

धिताेपत्र बाेर्डका कर्मचारी युनियनकाे माग, "अध्यक्ष ढुङ्गानालाई निलम्बन गरियाेस्"

6107ce4204400.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको