Like us!
Follow us!
Connect us!
Watch us!

जय शम्भाेकाे सेयर बजारकाे यात्रा र सफलता : बाँड्छन् हजाराैँमा सेयर ज्ञान

अर्थ संसार

विहीबार, १० असार २०७८, १७ : १८ मा प्रकाशित

सुरूमा सेयर बजारमा लगानी गरी बीचमा छाडेर केही अवधिसम्म जोगीको जीवन यापन गरी फेरि सेयर बजारमा प्रवेश गरेका लगानीकर्ता, बाबाजी एवमं प्राविधिक विश्लेषक अजय सिंह थापाको सेयर बजारको यात्रा सुन्न र सिक्न लायक छ ।  

राम्रैसँग चलिरहेको उनको व्यापार पनि राम्ररी चल्न छाड्यो । जति काम गर्दा पनि केही कुरामा पनि पूर्णता नभएपछि उनी बरू सबै कुरा नगर्दा पूर्ण होइन्छ भन्ने सोचेर घर, परिवार तथा कारोबार सबै कुरा छाडी सन्यासी बनेका थिए । ४ ५ वर्ष सन्यासी जीवन बिताएपछि उनको स्वास्थ्य अवस्था पनि नाजुक बन्दै गयो । त्यतीबेला उनीसँग २ वटा विकल्पहरू थिए । एउटा आश्रम र दोश्रो घर । आश्रममा बस्न कुनै सम्प्रदायसँग जोडिनु पर्थ्यो जुन कुरा उनलाई ठिक लागेन । अरू केही विकल्प नभएपछि उनी बाध्यताले गर्दा घर फर्किए । तर अहिले भने उनलाई आफूलाई घर फर्काएर सेयर बजारमा राम्रो बनाउनु नै शम्भुको कृपा थियो जस्तो लाग्छ ।

व्यापारमा सफलता प्राप्त नगरेका उनका लागि सन्यासी जीवनबाट फिर्ता भएपछि व्यवसायको विकल्प भनेको सेयर बजार मात्र थियो । सबैकुरा छाडेर जोगी बनेका उनले फेरि अनलाइन खाता लिए, सेयरहरू किने, अनि सुरू भयो उनको सेयर बजारको यात्रा । लगानी गर्दै जाँदा उनको मनोबल पनि बढ्दै गयो । उनी युट्युबमा भिडियोहरू बनाएर हाल्न थाले । त्यसपश्चात् उनीसँग सिक्न खोज्ने धेरै भए । र उनी लगानीकर्ताहरूमाझ प्रख्यात पनि भए । सन्यासी जीवन छाडेका उनलाई सेयर बजारबाट फलिफाप भयो । अहिले उनी हजाराैँ लगानीकर्ताहरूलाई सेयर ज्ञान बाँड्दछन् ।

उनै शिव भक्त जय शम्भोको सेयर बजारको यात्रा, सफलता तथा ज्ञान तलको भिडियोमा प्रस्तुत गरिएको छ  :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको