Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन र सेयर कारोबारको न्यूनतम मूल्यमा परिमार्जन गर्ने बोर्डको निर्णय स्वागतयोग्यः नेप्से

अर्थ संसार

विहीबार, १० असार २०७८, १४ : ४८ मा प्रकाशित

प्रिसेसन र सेयर कारोबारको न्यूनतम मूल्यमा परिमार्जन गर्ने बोर्डको निर्णय स्वागतयोग्यः नेप्से

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साँवदले धितोपत्र बोर्डको प्रिसेसन कारोबारमा रहेको अधिकतम ५ प्रतिशतको सिमालाई घटाउने र धितोपत्रको कारोबारमा न्युनतम मूल्य सिमा परिवर्तन गर्ने निर्णय स्वागयोग्य रहेको प्रतिक्रिया दिएकाछन् । 

अर्थसंसार डटकमसंग कुरागर्दे उनले भने "आँफुले पनि मिडियाहरु मार्फत नै धितोपत्र बोर्डले निर्णय गरेको जानकारी पाए हामिलाई औपचारिक चिठी आउदै होला यो निर्णय राम्रो र स्वागत योग्य छ प्राविधिक टिमसंग सल्लाह गरेको जतिसक्दो छिट्टै कार्यन्यन गर्छौ ।" 

बोर्डले दोश्रो बजारको प्रारम्भिक कारोबार सत्रमा हाल मूल्य परिवर्तन सीमा ५ प्रतिशत रहेकोमा सो सीमालाई घटाएर २ प्रतिशत कायम गरिएको छ ।

त्यस्तै, दोश्रो बजारमा धितोपत्रको कारोबार हुँदा हाल न्यूनतम मूल्य परिवर्तन सीमा एक रूपैयाँ रहेकोमा सो सीमालाई घटाएर १० पैसा कायम गरिएको छ । बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को दोश्रो संशोधन स्वीकृत गरेको हो । यस व्यवस्थालाई आवश्यक प्रबन्ध मिलाई नेप्सेले कार्यान्वयनमा ल्याउनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको