Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल समृद्धि फण्ड-२ नेप्सेमा सूचिकृत, आइतबारदेखि कारोबारमा आउने

नेप्से

शुक्रबार, ११ असार २०७८, १२ : १७ मा प्रकाशित

एनआईबिएल समृद्धि फण्ड-२ नेप्सेमा सूचिकृत, आइतबारदेखि कारोबारमा आउने

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईबिएल समृद्धि फण्ड–२ काे इकाई सूचिकृत भएको छ । 

फण्डको १५ करोड इकाई नेप्सेमा सूचिकृत भएको हो । फण्डले दोस्रो बजारमा कारोबारको लागि NIBSF2 सिम्बोल प्रदान गरिएको छ । अब आइतबारदेखि दोस्रो बजारमा काराेबार सुरू हुनेछ ।

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी एनआईबिएल एस क्यापिटलले वैशाख १३ गते, साेमबारदेखि वैशाख १६ गते, बिहीबारसम्म प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई २० प्रतिशत अर्थात् २ करोड ४० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ९ करोड ६० लाख इकाई सर्वसाधारणलाई खुल्ला गरिएकाे थियाे ।

सर्वसाधारण आवेदकहरुबाट (बीजपूँजीबाहेक) कुल ६७ हजार ७६ जना आवेदकमार्फत जम्मा १५ करोड ६३ लाख ३ हजार ९९० इकाईको लागि आवेदन प्राप्त भएको थियो । जसमध्ये  ६४ हजार ५१४ आवेदकमार्फत जम्मा १४ करोड ५२ लाख ९५ हजार ४ सय इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको थियो ।

योजनाको कुलआकार १ अर्ब ५० करोड रुपैयाँको जम्मा २० प्रतिशत बीजपूँजीको रुपमा लगानी गर्नुपर्ने रकम ३० करोड रकममध्ये २९ करोड रुपैयाँ बराबरको २ करोड ९ लाख इकाई कोषप्रवद्धक नेपाल इनभेष्टमेण्ट बैंक लिमिटेड, १ करोड रुपैयाँ बराबरको १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड तथा सर्वसाधारणहरुलाई बाँडफाँड गर्नु पर्ने जम्मा १२ करोड इकाईहरु ६४ हजार ४८१ जना सर्वसाधारणहरुलाई गरी कुल ६४ हजार ४८३ जना आवेदकहरुलाई जम्मा १५ करोड इकाई बाँडफाँड गरिएको थियाे ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको