Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको आईपीओमा आवेदनको वर्षात्, पर्ने सम्भावना न्यून बन्दै

अर्थ संसार

आइतबार, १३ असार २०७८, १७ : २९ मा प्रकाशित

जीवन विकास लघुवित्तको आईपीओमा आवेदनको वर्षात्, पर्ने सम्भावना न्यून बन्दै

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने लगानीकर्ताहरूकाे लर्काे लागिरहेकाे छ । 

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार आइतबार साँझ ५ बजेसम्ममा १५ लाख १२ हजार ३  सय ९४ जना आवेदकले २ करोड ३० लाख ५४ हजार ३ सय ६० कित्ताको लागि आवेदन दिएका छन् । यो मागभन्दा १२.४७ गुणा बढी हो । 

संस्थाले असार ११ गते शुक्रबार बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ भने अनलाईन मार्फत मेरो सेयर एप र मेरो सेयर सफ्वेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको