Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको आईपीओ : किन भयो ६९ हजारभन्दा बढीको आवेदन रद्द ?

अर्थ संसार

बुधबार, २३ असार २०७८, १२ : २१ मा प्रकाशित

जीवन विकास लघुवित्तको आईपीओ : किन भयो ६९ हजारभन्दा बढीको आवेदन रद्द ?

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा ६९ हजार ९ जना आवेदककाे आवेदन रद्द भएकाे छ । ३ हजार ४ सय ७१ जना श्ंकास्पद आवेदक र सीआस्वाबाट आवेदन दिने ६५ हजार ५ सय ३८ जना गरी कुल ६९ हजार ९ जना आवेदककाे आवेदन रद्द भएकाे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । कुल १४ लाख ७० हजार ७ सय ४० कित्ता आईपीओ रद्द भएकाे हाे ।

कम्पनीको आईपीओमा परेको आवेदनमध्ये २० लाख १८ हजार ३ सय ८ जना मात्र योग्य आवेदक रहेका थिए । गोलाप्रथाबाट गरिएको बाँडफाँडमा बढीमा ११ कित्ता र थाेरैमा १० कित्ता बाँडफाँड गरिएकाे थियाे । आईपिओ वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर र १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ताका दरले सेयर पाएका छन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (असार २३ गते, बुधबार) सम्पन्न भएकाे छ । उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यालयमा बिहान ९:३० बजे सम्पन्न भएकाे हाे । 

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

बाँडफाँड सम्पन्न भएपनि रिजल्ट हेर्न भने लगानीकर्ताहरूले केही घण्टा कुर्नुपर्ने भएकाे छ । उक्त आईपीओकाे रिजल्ट २ देखि ३ बजेभित्रबाट हेर्न पाइने  एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) श्रीजेश घिमिरेले अर्थ संसार डटकमलाई जानकारी दिएका छन् ।

जीवन विकास लघुवित्तको आईपीओ रिजल्ट कति बजे हेर्न पाइन्छ ?

आईपीओकाे नतिजा विभिन्न ४ ठाउँबाट हेर्न सकिन्छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वेभसाइट (http://jeevanbikasmf.com/), एनएमबि क्यापिटल लिमिटेडकाे वेभसाइट (https://www.nmbcl.com.np/),  सिडीएसले आईपीओकाे नतिजा हेर्न सञ्चालन गरेकाे वेभसाइट (https://iporesult.cdsc.com.np/) र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

जीवन विकास लघुवित्तको आईपिओ बाँडफाँडः लक्की नम्बर ८ र ६

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

बाँडफाँड सम्बन्धी सम्पूर्ण जानकारीका लागि तलकाे तालिका हेर्नुहाेस् :

 

60e551ca9a95d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको