Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको आईपीओ सूचिकृत कहिले ? यस्तो छ क्यापिटलको जवाफ

अर्थ संसार

विहीबार, ३१ असार २०७८, १२ : ४४ मा प्रकाशित

जीवन विकास लघुवित्तको आईपीओ सूचिकृत कहिले ? यस्तो छ क्यापिटलको जवाफ

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत हुन अझै केही समय लाग्ने भएकाे छ ।

उक्त साधारण सेयर (आईपीओ) सूचीकरणका लागि हालसम्म प्रक्रिया चलिरहेकाे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले अर्थ संसार डटकमलाई जानकारी दिएकाे छ । कहिले हुन्छ भन्ने हालसम्म यकिन नभएकाे क्यापिटलले बताएकाे छ । क्यापिटलका अनुसार अर्काे सातासम्म कहिले हुने निश्चित हुनेछ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ? 

संस्थाको आईपीओमा परेको आवेदनमध्ये २० लाख १८ हजार ३ सय ८ जना मात्र योग्य आवेदक रहेका थिए । गोलाप्रथाबाट गरिएको बाँडफाँडमा बढीमा ११ कित्ता र थाेरैमा १० कित्ता बाँडफाँड गरिएकाे थियाे । आईपिओ वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर र १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ताका दरले सेयर पाएका छन् ।

जीवन विकास लघुवित्तको आईपीओ : किन भयो ६९ हजारभन्दा बढीको आवेदन रद्द ?

संस्थाको आईपीओमा ६९ हजार ९ जना आवेदककाे आवेदन रद्द भएकाे छ । ३ हजार ४ सय ७१ जना श्ंकास्पद आवेदक र सीआस्वाबाट आवेदन दिने ६५ हजार ५ सय ३८ जना गरी कुल ६९ हजार ९ जना आवेदककाे आवेदन रद्द भएकाे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । कुल १४ लाख ७० हजार ७ सय ४० कित्ता आईपीओ रद्द भएकाे हाे ।

नेप्सेले लघुवित्तकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

सेबाेनमा प्रकाशन भएकाे विवरण पत्र अनुसार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ ३०५ रूपैयाँ २७ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ९१५ रुपैयाँ ८१ पैसा हुन्छ ।

जीवन विकास लघुवित्तको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको