Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको आईपीओ रिजल्ट कति बजे हेर्न पाइन्छ ?

अर्थ संसार

बुधबार, २३ असार २०७८, १० : ५० मा प्रकाशित

जीवन विकास लघुवित्तको आईपीओ रिजल्ट कति बजे हेर्न पाइन्छ ?

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (असार २३ गते, बुधबार) सम्पन्न भएकाे छ । उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यालयमा बिहान ९:३० बजे सम्पन्न भएकाे हाे । 

बाँडफाँड सम्पन्न भएपनि रिजल्ट हेर्न भने लगानीकर्ताहरूले केही घण्टा कुर्नुपर्ने भएकाे छ । उक्त आईपीओकाे रिजल्ट २ देखि ३ बजेभित्रबाट हेर्न पाइने  एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) श्रीजेश घिमिरेले अर्थ संसार डटकमलाई जानकारी दिएका छन् ।

आईपीओकाे नतिजा विभिन्न ४ ठाउँबाट हेर्न सकिन्छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वेभसाइट (http://jeevanbikasmf.com/), एनएमबि क्यापिटल लिमिटेडकाे वेभसाइट (https://www.nmbcl.com.np/),  सिडीएसले आईपीओकाे नतिजा हेर्न सञ्चालन गरेकाे वेभसाइट (https://iporesult.cdsc.com.np/) र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो । ग्रोलाप्रथाबाट आईपिओ वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । जसमध्ये, १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ता पाए । त्यस्तै बाँकी करिव ९२ प्रतिशत भन्दा धेरै अर्थात् १९ लाख २ हजार ५ सय १९ जना आवेदकको हात खाली भएको छ  ।

जीवन विकास लघुवित्तको आईपिओ बाँडफाँडः लक्की नम्बर ८ र ६

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

याे पनि :

लगानीकर्तालाई RBB Mutual Fund-1 काे वार्षिक बम्पर प्रतिफल ।आवेदन खुल्ला

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको