Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको आईपीओ पाउन भाग्यकै भर, १८ लाख ४० हजारले दिइसके आवेदन

अर्थ संसार

सोमबार, १४ असार २०७८, १७ : २० मा प्रकाशित

जीवन विकास लघुवित्तको आईपीओ पाउन भाग्यकै भर, १८ लाख ४० हजारले दिइसके आवेदन

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने लगानीकर्ताहरूकाे लर्काे लाग्ने क्रम जारी नै छ । मागभन्दा एकदमै उच्च आवेदन परेकाे हुनाले याे आईपीओ हात पार्न भाग्यमा भर पर्नुपर्ने भएकाे छ । 

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार साेमबार साँझ ५ बजेसम्ममा १८ लाख ४० हजार ३७ जना आवेदकले २ करोड ७८ लाख २६ हजार ३ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । यो मागभन्दा १५.०५ गुणा बढी हो । 

याे संख्या रेकर्ड ब्रेक नजिक पनि हाे । यसअघि ज्योति लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे आईपीओमा हालसम्मकै उच्च १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएका थिए ।

संस्थाले असार ११ गते शुक्रबार बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि भाेलि असार १५ गते, मंगलबारसम्म आवेदन दिन सक्नेछन् । मागभन्दा धेरै आवेदन परेकाे हुनाले याे आईपीओ भाेलि नै बिक्री बन्द गरिनेछ । 

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ भने अनलाईन मार्फत मेरो सेयर एप र मेरो सेयर सफ्वेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको