Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा बनाइएको कोभिसिल्ड खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिने

अर्थ संसार

शनिबार, १९ असार २०७८, १५ : ०५ मा प्रकाशित

भारतमा बनाइएको कोभिसिल्ड खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिने

युरोपेली संघले कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ ।

संघले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने शुक्रबार सङ्केत गरेको छ । संघको चिकित्सासम्वन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्डलगायतका केही खोप लगाएकाहरूलाई भने विश्वास गर्न नसकिने जनाएको हो । 

चिकित्सा कार्यालयले कोभिसिल्डलाई विश्वास नगरेपछि युरोपेली संघले पनि उनीहरूलाई युरोप प्रवेश गर्न अनुमति नदिन सकिने निश्कर्ष निकालेको छ ।  

युरोपेली चिकित्सा कार्यालयले युरोपेली आयोगलाई समेत भारतमा बनेको खोप लगाएकाहरूलाई युरोप प्रवेशमा अनुमति नदिन सिफारिस गरेको छ । 

अमेरिका, बेलायत र युरोपेली मुलुकहरूमा बनाइएको खोप लगाएकाहरूलाई मात्रै युरोप प्रवेशका लागि अनुमति दिएमा मात्रै युरोपमा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन कम हुने उनीहरूको भनाइ छ । 

युरोपेली आयोगको निर्णयसँगै भारतको कोभिसिल्ड खोपप्रतिको विश्वसनीयता र उपयोगीतामा फेरि आशङ्का उत्पन्न भएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको