अर्थ संसार,काठमाडौ, पहिलो चरणको स्थानीयत तह निर्वाचन तोकिएकै मितिए भएपनि दोस्रो चरणको निर्वाचन भने १० पछि सरेको छ ।
जेठ १५– सरकारले जेठ ३१ को निर्वाचन असार ९ गतेलाई सार्ने औपचारिक निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले राजपा लगायतका दलहरुलाई निर्वाचनमा सहभागि गराउन समय अभाव भएको भन्दै पूर्व निर्धारित मिति परिमार्जन गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
सरकारले जेठ ३१ गते मुस्लिम समुदायको मुख्य पर्व रमजान परेकाले पनि स्थानीय तहको दोस्रो चरणको निर्वाचन १० दिन पछि पार्नु परेको पनि स्पष्ट पारेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ प्रदेशमा सम्पन्न हुँदैछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस