Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना स्मार्ट लघुवित्तको आईपीओ : १७ लाखले दिए आवेदन, पर्ने सम्भावना न्युन

अर्थ संसार

आइतबार, २० असार २०७८, १७ : ४५ मा प्रकाशित

मनकामना स्मार्ट लघुवित्तको आईपीओ : १७ लाखले दिए आवेदन, पर्ने सम्भावना न्युन

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) आवेदन दिने लगानीकर्ताकाे लर्काे लागिरहेकाे छ । 

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार आइतबार बेलुका ५ बजेसम्ममा १७ लाख २५ हजार ६ सय ७८ जना आवेदकबाट २ अर्ब २७ कराेड २६ लाख ८९ हजार रूपैयाँ बराबरकाे २ करोड २७ लाख २६ हजार ८ सय ९० कित्ताको लागि आवेदन परेको छ ।

कम्पनीले असार १७ गते, बिहिबार बाट १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्नलागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । 

संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

How to Buy & Sell shares In Secondary Market? IPO दोस्रो बजारमा बेच्ने तरिका | Ch -1| Sharemantra

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको