Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँडको स्थान र समय तय

अर्थ संसार

आइतबार, २७ असार २०७८, १३ : ०४ मा प्रकाशित

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँडको स्थान र समय तय

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) बाँडफाँडको समय र स्थान तय भएको छ । उक्त आईपीओकाे बाँडफाँड भाेलि साेमबार बिहान ९:३० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यलयमा गरिने भएकाे क्यापिटलले जनाएको छ । आईपीओको प्रि-अलटमेन्ट शुक्रबारसम्पन्न भएकाे थियाे ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

अन्तिम दिनसम्म कम्पनीको आईपिओमा २० लाख ३६ हजार २४५ जना आवेदकबाट  २ करोड ६५ लाख ७४ हजार ०५० कित्ताको लागि आवेदन परेको थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । अन्तिम तथ्यांकलाई हेर्दा ग्राेलाप्रथाबाट वितरण गर्दा उक्त कम्पनीको आईपिओ भाग्यमानी ३६ हजार ३४५ जना आवेदकहरुले मात्र पाउनेछन् भने १९ लाख ९९ हजार ९०० आवेदकको हात खाली हुने निश्चित छ  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको