Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना स्मार्ट लघुवित्तको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ? लगानीकर्तालाई फाइदा कति ?

अर्थ संसार

विहीबार, ३१ असार २०७८, ११ : १५ मा प्रकाशित

मनकामना स्मार्ट लघुवित्तको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ? लगानीकर्तालाई फाइदा कति ?

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओले ओपनिङ्ग रेञ्ज कति पाउला ? मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मूल्य दाेश्राे बजारमा कतिसम्म पुग्ला ? हाल अधिकांश लगानीकर्ताहरूमा उब्जिएकाे प्रश्न भनेकाे यीनै हुन् ।

त्यसैले, यहाँ हामी प्राय सबै लगानीकर्ताहरूमा चासाेकाे विषय बनेकाे मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ओपनिङ्ग रेञ्जकाे  विषयमा कुरा गर्नेछाैँ ।  

नेप्सेले लघुवित्तकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

आगामी ३ वर्षको लेखापरिक्षकबाट प्रमाणित प्रक्षेपित वित्तीय विवरण अनुसार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ८४ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३३२ रुपैयाँ ५२ पैसा हुन्छ ।

पछिल्लाे समय दाेश्राे बजारमा प्राय सबै कम्पनीकाे काराेबार अधिकतम रेञ्जबाट सुरू हुने गरेकाे छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार पनि अधिकतम रेञ्जबाट नै सुरू हुन सक्नेछ । संस्थाकाे सेयर थाेरै मात्र छ । लघुवित्त कम्पनीहरूमा लगानीकर्ताहरू सधैँ आकर्षित हुने गर्दछन् । संस्थाको सेयरमा पनि धेरै माग आउँदा मूल्य उच्च हुनेछ । त्यसैले मनकामना स्मार्ट लघुवित्तको आईपीओ पर्ने लगानीकर्ताले राम्रै नाफा कमाउन सक्ने देखिन्छ ।

संस्थाले आर्थिक वर्ष २०७९/८० सम्ममा सञ्चित नाफा १५ करोड ७३ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । गत आर्थिक २०७६/७७ सम्म कम्पनीको सञ्चित मुनाफा ४६ लाख २२ हजार रुपैयाँ रहेको थियो । 

आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ ९० पैसा र प्रतिसेयर आम्दानी ८५ रुपैयाँ २३ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

संस्थाले आगामी आर्थिक वर्षसम्ममा कम्तिमा पनि थप ५ वटा शाखा कार्यालयहरु विस्तार गरी थप २० करोड रुपैयाँ निक्षेप संकलन र थप २८ करोड रुपैयाँ कर्जा प्रवाह गर्ने लक्ष्य राखेकाे छ ।

संस्थाले असार १७ गते बिहीबारदेखि असार २१ गते साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

उक्त साधारण सेयर (आईपीओ) काे बाँडफाँड असार २८, साेमबार निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यालयमा सम्पन्न भएकाे थियाे । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । ग्राेलाप्रथाबाट वितरण गर्दा ३६ हजार ३ सय ४९ जनाले १० कित्ता सेयर हात पारेका थिए । जसमध्ये १० कित्ता भन्दा धेरै आवेदन दिने भाग्यमानी २ जनाले थप एक एक कित्ता गरी कुल ११ कित्ता सेयर हात पारेका छन् । बाँकी  १९ लाख १५ हजार एक सय ७२ आवेदकको भने हात खाली भएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको