Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

अर्थ संसार

सोमबार, २८ असार २०७८, ०९ : ५१ मा प्रकाशित

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (असार २८, साेमबार) निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यलयमा अहिले बिहान ९:३० बजे सम्पन्न भएकाे छ । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । ग्राेलाप्रथाबाट वितरण गर्दा ३६ हजार ३ सय ४९ जनाले १० कित्ता सेयर हात पारेका छन् । जसमध्ये १० कित्ता भन्दा धेरै आवेदन दिने भाग्यमानी २ जनाले थप एक एक कित्ता गरी कुल ११ कित्ता सेयर हात पारेका छन् । बाँकी  १९ लाख १५ हजार एक सय ७२ आवेदकको भने हात खाली भएकाे छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

कसरी हेर्ने रिजल्ट ?

आईपिओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केहि समय लाग्ने भएकाले आईपिओको नतिजा हेर्न भने केहि समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, एनएमबि क्यापिटल लिमिटेडकाे वेभसाइट (https://www.nmbcl.com.np/), मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वेभसाइट (https://www.manakamanalbs.com/)  र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको