Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको आईपीओ प्रि-अलटमेन्ट आज हुँदै, बाँडफाँड कहिले ?

अर्थ संसार

सोमबार, २१ असार २०७८, १४ : १४ मा प्रकाशित

जीवन विकास लघुवित्तको आईपीओ प्रि-अलटमेन्ट आज हुँदै, बाँडफाँड कहिले ?

 

 

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रि-अलटमेन्ट आज (साेमबार) हुँदैछ । आज ३ बजे  प्रि-अलटमेन्ट हुन लागेकाे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

प्रि-अलटमेन्ट सम्पन्न भएपछी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई दिइन्छ र बोर्डको अनुमतिपछी आईपीओको बाँडफाँड गरिने प्रावधान छ । बाेर्डले स्वीकृती दिए बिहीबार नै आईपीओ बाँडफाँड गरिने भएकाे छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार अन्तिम दिनसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाेभन्दा  १६.९१ गुणा बढी हो । कम्पनीकाे आईपीओमा परेकाे आवेदन हालसम्म कै उच्च पनि हाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । अन्तिम तथ्यांकलाई हेर्दा ग्राेलाप्रथाबाट वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् । जसमध्ये, १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ता पाउनेछन् । त्यस्तै बाँकी करिव ९२ प्रतिशत भन्दा धेरै आवेदकको हात खाली हुने निश्चित छ  । 

नेप्सेले लघुवित्तकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । सेबाेनमा प्रकाशन भएकाे विवरण पत्र अनुसार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ ३०५ रूपैयाँ २७ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ९१५ रुपैयाँ ८१ पैसा हुन्छ ।

बजार भन्दा बढि रिटर्न RBB Mutual Fund-1 ले दिने, कस्तो छ लगानीको योजना ? Badri Prasad Pyakurel

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको