Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोको लिलामी शेयरको शिलबन्दी खोलियो, कति आयो कटअफ मूल्य ?

अर्थ संसार

मंगलबार, २२ असार २०७८, ०५ : ५८ मा प्रकाशित

अरुण भ्याली हाइड्रोको लिलामी शेयरको शिलबन्दी खोलियो, कति आयो कटअफ मूल्य ?

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार ९ गते देखि लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर शिलबन्दी बोलपत्र खुला गरिएको छ । 

कम्पनीले असार ९ गतेदेखि १६ गतेसम्म ४ लाख ३५ हजार ८९४ कित्ता अवितरित हकप्रद लिलामीमा बिक्री खुल्ला गरेको थियो । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री खुल्ला गरेको थियो । 

कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले लिलामी सेयर खरीदका लागि कुल ९४८ वटा आवेदन परेको जनाएको छ । जसमा न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ४५० रुपैयाँसम्मको आवेदन परेको थियो ।

प्राप्त आवेदनका आधारमा हाल कम्पनीको लिलामी शेयरको प्रारम्भिक कटअफ मूल्य ३८५ रुपैयाँदेखि ३९० रुपैयाँ सम्म आउने सक्ने क्यापिटलले जनाएको छ । शिलबन्दी खुला गर्ने काम सम्पन्न भएपनि हाल आवेदन रुजु गर्ने कार्य भईरहेकाले अन्तिम तथ्याङ्क आउँदासम्म केही परिवर्तन हुनसक्ने क्यापिटलको भनाई छ । 

कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४ लाख ३५ हजार ८९४ कित्ता सेयर  लिलामीमा बिक्रिका लागि बोलकबोल आह्वान गरेको हो । कम्पनीले १ बराबर ०.५ को अनुपातमा ५२ लाख ४१ हजार एक सय ९७ सय कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको