Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट

अर्थ संसार

मंगलबार, २२ असार २०७८, ०७ : ५९ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट

त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ ।

विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन र शुल्क तिर्न सक्ने व्यवस्था शुरु गरेको हो । देशका विभिन्न स्थानबाट समकक्षताका लागि कीर्तिपुरस्थित केन्द्रको कार्यालयमा नै आएर आवेदन दिनुपर्ने झन्झट अब अन्त्य भएको छ ।

यही असार २० गते अनलाइनको प्रयोगबाट सुदूरपश्चिम प्रदेशको कञ्चनपुर घर भई नेपाली सेनाको श्रीकालीध्वज गण नवलपरासीमा कार्यरत उपसेनानी गणेश चन्दले यो सेवा लिएका छन् । उनलाई केन्द्रका कार्यकारी निर्देशक प्रा डा पारसनाथ यादवले समकक्षता प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

सेवाग्राही चन्दले यसरी सेवा लिँदा कागजात रुजु गराउन झ्यालमा लाइन बस्न र शुल्क बुझाउन बैंकमा लाइन लाग्नु नपर्ने भएकामा खुशी व्यक्त गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको