Like us!
Follow us!
Connect us!
Watch us!

त्रिविको रेक्टर र रजिष्ट्रार नियुक्त

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, १७ : ५९ मा प्रकाशित

त्रिविको रेक्टर र रजिष्ट्रार नियुक्त

त्रिभूवन विश्वविद्यालयको रेक्टर पदमा प्राध्यापक खड्ग केसी र रजिष्ट्रारमा प्राध्यापक केदार रिजाललाई नियुक्त गरिएको छ । 

शुक्रबार त्रिविका कूलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरूलाई नियुक्त गरेका हुन् । चैत १५ गते नियुक्तिको सिफारिस भएकोमा उनीहरु आज नियुक्त भएका हुन् ।

यता त्रिविका उपकुलपति डा. केशरजंग बराल भने स्वास्थ्यको कारण देखाउँदै बिदामा बसेका छन् । उनलाई रेक्टर र रजिस्ट्रार नियुक्तिमा दबाब आएको बताइए पनि उनले सिफारिस गरे बमोजिम नै केसी र रिजाल नियुक्त भएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको