Like us!
Follow us!
Connect us!
Watch us!

इसेवा र युकेको सिफ्ट सर्भिसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

अर्थ संसार

बुधबार, २३ असार २०७८, १३ : २३ मा प्रकाशित

इसेवा र युकेको सिफ्ट सर्भिसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

इसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढी देशहरूबाट सहजै रेमिट्यान्स् पठाउन सकिन्छ ।

विदेशमा रहेका नेपालीहरूले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा  तथा इसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन् । नेपालीहरुले सिफ्ट मार्फत पठाएको रकम इसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार भन्दा धेरै  एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सकिनेछ । साथै सिधै इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ ।।

सिफ्ट युकेमा अवस्थित् अन्तराष्ट्रिय विप्रेषण सेवा प्रदायक कम्पनी हो । यसले विश्वभर सजिलो, सुरक्षित् र किफायति तरिकाबाट रेमिट्यान्स् सेवा दिँदै आएको छ । 

इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको