Like us!
Follow us!
Connect us!
Watch us!

सिवाईसी नेपाल लघुवित्तले आइपिओ निश्कासन गर्ने, बिक्रि प्रबन्धकमा ग्लोबल आईएमइ क्यापिटल

अर्थ संसार

आइतबार, २७ असार २०७८, ०७ : ०१ मा प्रकाशित

सिवाईसी नेपाल लघुवित्तले आइपिओ निश्कासन गर्ने, बिक्रि प्रबन्धकमा ग्लोबल आईएमइ क्यापिटल

सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्व साधारणहरुका लागि साधारण शेयर (आइपिओ) निश्कासन गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँ दरको ३ लाख ९५ हजार ३३५ कित्ता साधारण शेयर निश्कासन गर्न लागेको हो ।

यसका लागि सिवाईसी नेपालले ग्लोबल आईएमइ क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

आइपिओ निश्कासनको लागि ग्लोबल आईएमइ क्यापिटलका सहायक प्रमुख कार्यकारी अधिकृत  पराग बिष्ट र सिवाईसी नेपाल तर्फबाट प्रमुख कार्यकारी अधिकृत  डोलेन्द्र प्रसाद शर्माले सम्झौतापत्रमा हस्ताक्षर  गरेका हुन् ।

हालैमात्र कम्पनीले म्याग्दी बेनीमा केन्द्रिय कार्यलय रहेको शालिग्राम लघुवित्त वित्तिय संस्थालाई प्राप्ति गरेको थियो । आईपिओ निष्काशन पछि कम्पनीमा ६७.५ प्रतिशत संस्थापक सेयरधनीहरुको र ३२.५ प्रतिशत स्वामित्व साधारण लगानीकर्ताहरुको हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको