Like us!
Follow us!
Connect us!
Watch us!

याम्बलिङ्ग हाइड्रोपावरलाई आईपीओ निष्काशन अनुमति, २८ लाख कित्ता सेयर सर्वसाधारणका लागि ल्याइने

अर्थ संसार

आइतबार, १७ फागुन २०८२, २१ : १६ मा प्रकाशित

याम्बलिङ्ग हाइड्रोपावरलाई आईपीओ निष्काशन अनुमति, २८ लाख कित्ता सेयर सर्वसाधारणका लागि ल्याइने

याम्बलिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने औपचारिक स्वीकृति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको हो।

बोर्डबाट अनुमति प्राप्त भएसँगै कम्पनीले अब कुल २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने तयारी अघि बढाएको छ। कम्पनीको सेयर बिक्री तथा व्यवस्थापन कार्यको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई प्रदान गरिएको छ।

याम्बलिङ्ग हाइड्रोपावर लिमिटेडले सिन्धुपाल्चोक जिल्लामा अवस्थित ७.२७१ मेगावाट क्षमताको याम्बलिङ्ग खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ। आयोजना हाल व्यावसायिक रूपमा सञ्चालनमा रही राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको