Like us!
Follow us!
Connect us!
Watch us!

इसेवा मनि ट्रान्स्फर र इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

अर्थ संसार

आइतबार, २७ असार २०७८, १७ : ३० मा प्रकाशित

इसेवा मनि ट्रान्स्फर र इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

रेमिट्यान्स् बजारमा तिव्र गतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्स्फर र युरोपबाट रेमिट्यान्स् सेवा प्रदान गर्दै आइरहेको जर्जिया स्थित् इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।  

सम्झौतासँगै युके, ग्रिस, साइप्रस, जर्जिया र इटलीमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन अझ सहज भएको छ ।

यससँगै इन्टेल एक्स्प्रेस मार्फत पठाएको रेमिट्यान्स् नेपालमा रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत सहजै पाउन  सकिन्छ भने इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ ।

इन्टेल एक्स्रप्रेस विश्वव्यापी रेमिट्यान्स् कारोबार गर्ने कम्पनी हो । सन् २००६ मा जर्जियामा स्थापना भएको यो कम्पनी जर्जियाको पहिलो रेमिट्यान्स् कम्पनी हो । जसले इयु, बेलायत, जर्जिया, युक्रेन, सोभियत पश्चात् अन्य राज्यहरू लगायत ५० बढि राज्यमा रेमिट्यान्स् कारोबार गर्दछ ।  यसका ग्रीस, बेलायत, इटाली, र जर्जियामा आफ्नै कार्यालयमार्फत सेवा दिँदै आएको छ । यसका साथै विश्वभर विभिन्न बैंक तथा मनी ट्रान्स्फरमार्फत सेवा दिँदै आएको छ । 

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको