Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस १५औं वर्षमा प्रवेश, बिजेतालाई उपहार हस्तान्तरण

अर्थ संसार

सोमबार, २८ असार २०७८, १२ : २५ मा प्रकाशित

सिटी एक्सप्रेस १५औं वर्षमा प्रवेश, बिजेतालाई उपहार हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफर हिजाे असार २७ गते १४ वसन्त पार गरी १५औं वर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सकरात्मक र सबल हुँदै” भन्ने मुल नाराका साथ  १५औं वार्षिकोत्सव अहिलेको विषम परिस्थितीलाई मध्य नजर गर्दै आफ्नै कार्यालय सिटी एक्स्प्रेस कम्प्लेक्स , कमलादीमा सानो समारोह बिच सम्पन्न गरेको छ ।

उक्त समारोहमा “न एती न उति सिधै लखपति” योजनाको बिजेता साउदीमा कार्यरत  जागेश्वर भुसकुलिया यादवकी धर्मपत्नी फुलमती कुमारीलाई १० लाख रूपैयाँको चेक हस्तान्तरण गरेको छ । साथै कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट यस आर्थिक वर्षमा उल्लेखनिय कार्य गरे बापत विभिन्न विभाग र तहका ३ उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरेको छ । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्षदेखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको