Like us!
Follow us!
Connect us!
Watch us!

साहस ऊर्जालाई हकप्रद निष्काशन गर्न आयोगको स्वीकृति

अर्थ संसार

बुधबार, १८ चैत्र २०८२, १० : ५८ मा प्रकाशित

साहस ऊर्जालाई हकप्रद निष्काशन गर्न आयोगको स्वीकृति

साहस ऊर्जा लिमिटेडले हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ। जलविद्युत कम्पनीहरूले हकप्रद शेयर जारी गर्न आयोगबाट पूर्व स्वीकृति पाउनु पर्ने व्यवस्था बमोजिम निवेदन दिएकोमा चैत १७ गते अनुमति प्राप्त गरेको हो।

कम्पनीले चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन पूर्व स्वीकृतिका लागि चैत ९ गते निवेदन दिएको थियो। उक्त निवेदन प्राप्त भएपछि चैत १२ गते बसेको आयोगको बैठकले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिने निर्णय गरेको हो।

कम्पनीले आयोगबाट स्वीकृति पाएकोले अब अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डबामा निवेदन पेश गर्नेछ। धितोपत्र बोर्डबाट पनि स्वीकृति प्राप्त गरेपछि कम्पनीले बूक क्लोज गरी हकप्रद शेयर निष्काशन गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको