Like us!
Follow us!
Connect us!
Watch us!

मार्जिन कारोबारका लागि छानिए १२३ योग्य कम्पनी, कुनकुन परे ?

अर्थ संसार

बुधबार, १८ चैत्र २०८२, १४ : १९ मा प्रकाशित

मार्जिन कारोबारका लागि छानिए १२३ योग्य कम्पनी, कुनकुन परे ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य १२३ कम्पनीको सूची सार्वजनिक गरेको छ। नेपाल धितोपत्र बोर्डले हालै ब्रोकर कम्पनीहरूलाई पनि मार्जिन लेन्डिङ (सेयर धितो कर्जा) प्रदान गर्न अनुमति दिएपछि सोही व्यवस्थाअनुसार नेप्सेले उक्त सूची तयार पारेको हो।

सूचीमा वाणिज्य बैंकदेखि विकास बैंक, फाइनान्स कम्पनी, बीमा कम्पनी, व्यापार, लगानी समूह तथा हाइड्रोपावर कम्पनीहरू समावेश छन्। विवरणअनुसार १९ वाणिज्य बैंक, ११ विकास बैंक, ११ फाइनान्स कम्पनी र १७ माइक्रोफाइनान्स कम्पनी रहेका छन्। यसैगरी, १२ जीवन बीमा, ११ निर्जीवन बीमा, १ व्यापार कम्पनी, ६ लगानी समूहका कम्पनी, २८ हाइड्रोपावर कम्पनी, २ उत्पादन तथा प्रशोधन कम्पनी, ३ होटल र २ अन्य समूहका कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य ठहरिएका छन्।

मार्जिन कारोबारका लागि योग्य हुन कम्पनीहरूले निश्चित मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ। जसअनुसार कम्तीमा २५ लाख कित्ता सेयर सर्वसाधारणमा जारी भई नेप्सेमा सूचीकृत भएको हुनुपर्छ। साथै, कम्पनीको नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी हुनुपर्ने, पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष नाफामा रहेको हुनुपर्ने र आईपीओ निष्कासनपछि कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने प्रावधान राखिएको छ।

कुन-कुन कम्पनी परे ? 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको