Like us!
Follow us!
Connect us!
Watch us!

ताररहित बन्दैछ काठमाडौँ, यस्तो छ कुलमानको नयाँ योजना

बुधबार, १७ जेठ २०७४, १४ : ०४ मा प्रकाशित

ताररहित बन्दैछ काठमाडौँ, यस्तो छ कुलमानको नयाँ योजना

अर्थ संसार,
काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको सौन्दर्य बढाउने उद्देश्यका साथ विद्युत्का पोल तथा तार हटाउने र भूमिगत गर्ने तयारी गरेको छ । एसियाली विकास बैंकको सहयोगमा पहिलो चरणका रत्नपार्क वितरण केन्द्र र महाराजगन्ज वितरण केन्द्रको तार तथा पोल भूमिगत गर्ने तयारी गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाअनुसार त्यसरी तार तथा पोल भूमिगत गरेपछि काठमाडौँको सौन्दर्यमा अभिवृद्धि हुनुका साथै दुर्घटना हुने सम्भावना पनि घटेर जाने छ । 

एसियाली विकास बैंकले गर्ने अनुदान सहयोगका आधारमा तार तथा पोल भूमिगत गर्ने प्रक्रिया अगाडि बढाइएको हो । संसारका धेरै मुलुकमा तार तथा पोल जमिनमुनी नै राख्ने प्रणालीको विकास गरिएको छ । त्यसरी तार तथा पोल भूमिगत गर्दा सौन्दर्य तथा दुर्घटना कम हुने छ । 

अमेरिका सबै सहरमा तार तथा पोल भूमिगत छन् भने भारतको राजधानी नयाँ दिल्लीलगायतका शहरहरुमा समेत तार भूमिगत गरिएको छ । संसारका धेरै मुलुकमा प्रयोग भएको प्रविधि नेपालमा ल्याउन ढिला भएपनि सरकारले पछिल्लो पटक परिक्षणको रुपमा तार तथा पोल भूमिगत गर्न लागेको हो । 
विद्युत्को पोलमा नै तार गुजुल्टिएको तथा बेला बेलामा आगो तथा अन्य दुर्घटना हुने गरेको छ । विगत केही समय पहिले काठमाडौँको अनामनगरमा पोलमा आगो लाग्दा विद्युत् प्रणालीमा नै समस्या आएको थियो । 

प्राधिकरणकाअनुसार विद्युत् प्रणालीलाई सुरक्षित बनाउनपनि तार तथा पोल भूमिगत गर्नुपर्ने भएको छ । तार तथा पोल भूमिगत गरेपछि सञ्चालन प्रणाली पनि पूर्ण रुपमा विद्युतीय बनाउनुपर्ने हुन्छ । 

विद्युतीय प्रणालीमा आधारमा सञ्चालन हुने त्यस्तो प्रणालीको अनुगमन तथा निरिक्षणका लागि प्राधिकरणको केन्द्रीय कार्यालय तथा वितरण केन्द्रमा २४ सै घन्टा निगरानी गर्ने प्रणाली समेत जडान गरिनेछ । कुनै प्राविधिक समस्या आए के गर्ने भन्ने बारेमा भने हालसम्म कुनै तयारी गरिएको छैन ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको