Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस मनी ट्रान्सफर र 'कोरोना पे' बीच सम्झौता

अर्थ संसार

आइतबार, ०३ साउन २०७८, १६ : ५३ मा प्रकाशित

सिटी एक्सप्रेस मनी ट्रान्सफर र 'कोरोना पे' बीच सम्झौता

साइप्रसको ख्यातिप्राप्त कोरोना पे र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । साइप्रस, युके, जर्मनी, डेनमार्क, स्पेन, इटालीमा रहेका नेपालीहरुले कोरोना पेको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

यस्तै नेपालमा सिटी एक्सप्रेससँग आवद्ध १२ हजारभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र छिट्टैनै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने छ । 

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र प्यचयलब एबथ का तर्फबाट प्रमुख कार्यकारी अधिकृत Gleb Kozlov ले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको