Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बजार सम्बन्धि कसूरको अनुसन्धान सम्पत्ति शुद्धीकरण विभागले गर्ने

अर्थ संसार

सोमबार, २१ बैशाख २०८३, ०७ : ४९ मा प्रकाशित

धितोपत्र बजार सम्बन्धि कसूरको अनुसन्धान सम्पत्ति शुद्धीकरण विभागले गर्ने

धितोपत्र तथा कमोडिटिज बजारमा हुने अवैध खेल र भित्री कारोबार (इन्साइडर ट्रेडिङ) सम्बन्धित बिषय अब सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको दायरामा आउने भएका छन् । सरकारले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४’ लाई संशोधन गर्न जारी गरेको नयाँ अध्यादेशले सेयर बजारसँग सम्बन्धित कसूरलाई प्राथमिकताका साथ ‘सम्बद्ध कसूर’ को सूचीमा राखेको हो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ ले सेयर बजारमा हुने कसूरलाई सम्पत्ति शुद्धीकरणको मुख्य स्रोत मान्दै विभागको क्षेत्राधिकार विस्तार गरेको छ । सेयर बजारको ठगीः अब ‘सम्बद्ध कसूर’ अध्यादेशले ऐनको दफा १३ लाई संशोधन गर्दै धितोपत्र वा कमोडिटिज बजारलाई प्रतिकूल प्रभाव पार्ने कार्य (मार्केट म्यानुपुलेसन) र भित्री कारोबार (इन्साइडर ट्रेडिङ) लाई ‘सम्बद्ध कसूर’ को रूपमा परिभाषित गरेको छ ।

नयाँ व्यवस्था अनुसार अब सेयर बजारमा भित्री सूचनाका आधारमा अवैध धन आर्जन गर्नेहरूमाथि विभागले सिधै अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउन सक्नेछ । यस्ता आर्जित पैसालाई अब स्पष्ट रूपमा ‘कालो धन’ को श्रेणीमा राखिएको छ । उजुरी सिधै विभागमा, मुद्दा विशेष अदालतमा साविकको ऐनमा सम्पत्ति शुद्धीकरणको विषय मात्र विभागले हेर्ने भनिए तापनि नयाँ अध्यादेशले सेयर बजारको ठगी, बैंकिङ र बिमा क्षेत्रका अपराधबाट आएको पैसाको उजुरी सिधै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दिनुपर्ने व्यवस्था गरेको छ ।

अनुसन्धानबाट दोषी देखिएमा सरकारी वकीलले विशेष अदालतमा मुद्दा दायर गर्ने बाटो पनि अध्यादेशले खुला गरेको छ । यसका लागि राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको सरकारी वकील कार्यालयले मुद्दाको अभियोजन गर्नेछ । प्राविधिक क्षेत्राधिकारको बाधा अन्त्य अध्यादेशले दफा २९ मा नयाँ उपदफा थप्दै क्षेत्राधिकारको अन्योललाई समेत चिरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको