गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ। अहमदाबादमा भएको खेलमा गुजरातले १ सय ६४ रनको लक्ष्य १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो। पञ्जाबका लागि सूर्यांश सेड्जेले ५७ रन तथा मार्कस स्टोइनिसले ४० रनको बनाए । गुजरातका बलरहरूले सुरुवातमै पञ्जाबलाई दबाबमा पारेका थिए। मोहम्मद सिराज, कागिसो रबाडा र जेसन होल्डरको उत्कृष्ट बलिङका कारण पञ्जाब एक समय ४७ रनमै ५ विकेट गुमाएको अवस्थामा पुगेको थियो। जेसन होल्डरले उत्कृष्ट प्रदर्शन गर्दै ४ र रबाडाले २ विकेट लिए।
१ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शनले ५७ रनको अर्धशतकीय इनिङ्स खेले। वाशिङ्टन सुन्दरले अविजित ४० रन बनाउँदै टोलीलाई जितसम्म पुर्याए। अन्तिम ओभरमा ११ रन आवश्यक भएको अवस्थामा सुन्दरले अन्तिमभन्दा अघिल्लो बलमा छक्का प्रहार गर्दै गुजरातलाई जित दिलाए। पञ्जाबका अर्शदीप सिंहले र विजयकुमार वैशाखले समसन २ विकेट हात पारे। यो जितसँगै गुजरातले लगातार तेस्रो जित दर्ता गर्दै अंक तालिकामा १२ अंक पुर्याएको छ। पञ्जाब भने लगातार दोस्रो हार व्यहोरे पनि अझै तालिकाको शीर्ष स्थानमा रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस